
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई समयमा विवाह गरेर सन्तान उत्पादनमा प्रेरित गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने पर्ने भन्दै २० वर्ष उमेर पुगेपछि विवाह गरेर ३० वर्षभित्र तीन सन्तान सन्तान जन्माउन जरुरी रहेको बताएका हुन् ।
विश्व जनसङ्ख्या दिवसका अवसरमा शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास र जनसङ्ख्याको गतिसँगै हुनुपर्नेमा जोड दिँदै हरेकले आफ्नो सन्तानवृत्तिलाई धर्तीका लागि उत्तरदायित्वका रुपमा लिनुपर्ने बताए ।
।
प्रजनन् क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने भन्दै प्रधानमन्त्री ओलीले “मेरा सन्तान छैनन्, किन भएनन् भनेर उपचार पनि गराइन’ ‘यति धेरै व्यस्त हुनु पनि राम्रो नभएको बताए ।
“सृष्टिको सृजनाका लागि मानव जाति जति मूल्यवान् अर्को छैन । आफ्नो स्वार्थका लागि मान्छे मार्ने कामधन्धा छोड्न सम्बद्ध सबैसँग अनुरोध गर्दछु । जनसङ्ख्याका बारेमा गोष्ठी र सेमिनार पनि गर्ने अनि आम विनाशका हतियार बनाएर मान्छे पनि मारिरहने क्रमले मानव संसारको अस्तित्व बच्दैन ।”
फेसबुकबाट तपाईको प्रतिक्रिया