२०८२ भाद्र ६ | Aug 22, 2025

२४ घण्टामा १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ,११ जनाको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०७८ बैशाख ७

पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा ११ जनाको मृत्यु भएकाे रिपाेर्ट प्राप्त भएकाे छ ।

८ हजार ५५ जनाको पीसीआर तथा ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः १६६७ र ६९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा २ लाख ८७ हजार ५६७ जनामा संक्रमित पुगेका छन् । 

यही अवधिमा २५१ जना निको भएका छन् । नेपालमा निको हुनेको कूल संख्या २ लाख ७५ हजार ८०६ जना रहेको छ ।

नेपालमा मृत्यु हुनेको कूल संख्या ३१ सय २ जना रहेको छ । नेपालमा ५ हजार ६५९ जना आइसोलेसनमा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया