५० प्रतिशतको जगेडा कोषको ब्यवस्थालाई खारेज गरी २० प्रतिशतमा झार्न बिमा प्राधिकरणसमक्ष सङ्घको आग्रह

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २२
|
2.1k views

ललितपुर -
ललितपुर । बिमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोख्रेलसँग नेपाल निर्जीवन बिमा व्यवसायी सङ्घले बिमा व्यवस्थामा रहेका समस्याहरूको समाधान गर्न अनुरोध समेत गरेको छ ।


नेपाल निर्जीवन बिमा व्यवसायी सङ्घले नेपाल पुनर्बिमा कम्पनीहरूलाई दिई आएको प्रत्यक्ष हिस्सा, स्थानीय पुनर्बिमा कम्पनीका सम्बन्धमा भएको व्यवस्था, जगेडा कोष तथा नेपाल पुनर्बिमा कम्पनीमा प्रतिनिधित्वका सम्बन्धमा हाल उल्लेखित प्रावधानहरूबारे सङ्घले प्राधिकरणको ध्यानाकर्षण गराएको हो ।


सङ्घले ५० प्रतिशतको जगेडा कोषको विद्यमान व्यवस्थालाई खारेज गरी २० प्रतिशतमा झार्न पनि प्राधिकरणसमक्ष आग्रह गरेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube