२०८२ भाद्र १६ | Sep 01, 2025

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमलामा धरौटी रिहा गर्न आदेश

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ९
|
51 views

ललितपुर । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई काठमाडौँ जिल्ला अदालतले २ लाख धरौटीमा रिहा गर्न आदेश  दिएको छ ।
आजको थुनछेक बहसपछि न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई धरौटीमा छाड्न आदेश दिएको हो।
अमला सुन तस्करी प्रकरणमा पक्राउ परी हाल थुनामा रहेका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन् । राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement