२०८२ आश्विन १६ | Oct 02, 2025

६५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्दै जोशी हाइड्रोपावर

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २९
|
153 views

ललितपुर । यही साउन १५ गतदेदेखि जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले यसपटक हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले यसपटक हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०।६५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्दैछ । जस अनुसार कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

यसअघि हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार ८ गते बुकक्लोज गरेको थियो। यस अनुसार असार ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको कार्यालय र लक्ष्मी सनराइज बैंकको इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ६१करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ।

हकप्रद शेयर निष्काशन गरी संकलन भएको रकमविभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न र संस्थापक विरेन्द्र बहादुर न्यौपानेबाट लिएको सापटी भुक्तानी गर्न प्रयोग गरिनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया