
ललितपुर । सरकारले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई दर्ता गर्न सातदिनको अल्टिमेटम दिएको छ । फेसबुक, टिकटक, एक्स (ट्विटर) लगायतका विभिन्न सामाजिक सञ्जाल सञ्चालकहरूलाई नेपालमा दर्ता हुन ७ दिनको अन्तिम अल्टिमेटम दिएको हो ।
गत भदौ ९ गते (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकले तोकिएको समय (७ दिन) भित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नहुने सामाजिक सञ्जाललाई नेपालभित्र क्रमशः बन्द गर्दै जाने समेतको निर्णय गरेको छ । सरकारले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ तथा सर्वोच्च अदालतको आदेशबमोजिम सञ्चालकहरूलाई जिम्मेवार तथा जवाफदेही बनाउन यो निर्णय लिइएको हो।
मन्त्रिपरिषद्को निर्णयअनुसार तोकिएको अवधिमा दर्ता प्रक्रियामा नआउने वा सम्पर्क नगर्ने प्लेटफर्महरूलाई नेपाल दूरसञ्चार प्राधिकरणमार्फत क्रमशः बन्द गर्न निर्देशन दिइनेछ।
यस्ता छन् मन्त्रिपरिषद्का थप निर्णयहरू :

फेसबुकबाट तपाईको प्रतिक्रिया