|
|
२०८२ पुष २
1.4k views
ललितपुर । वित्तीय प्रणालीमा अधिक तरलता थुप्रिन थालेपछि नेपाल राष्ट्र बैंकले आज पुस २ गते फेरि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्न लागेको छ । अधिक तरलता एवम् ब्याजदर व्यवस्थापन गर्न केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट यसरी पैसा खिच्न लागेको हो।
यसका लागि बुधबार दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने र निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ ।
यो ८४ दिने निक्षेप संकलन उपकरणको आगामी फागुन २७ गते साँवा तथा ब्याज भुक्तानी गरिने छ।















फेसबुकबाट तपाईको प्रतिक्रिया