२०८२ फाल्गुन ६ | Feb 18, 2026

८९ वर्षको उमेरमा बलिउड अभिनेता धर्मेन्द्रको निधन

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर ८
|
1.4k views

ललितपुर । भारतीय सञ्चारमाध्यमहरुले बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको जनाएका छन् । उनको ८९ वर्षको उमेरमा आज (सोमबार) आफ्नै निवासमा निधन भएको हो ।

बलिउड फिल्म निर्माता करण जोहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

सञ्जालमार्फत् जोहरले लेखेका छन्, ‘ धर्मेन्द्रको निधनले एक युगको अन्त्य भएको छ।एउटा विशाल मेगास्टार, मुख्‍यधारको सिनेमाका एउटा सच्चा हिरोको पहिचान बनाउनु भएको उहाँ भारतीय सिनेमाको इतिहासमा सधैं चम्किरहनुहुनेछ।’

त्यसैगरी बलिउडका दिग्गज कलाकारहरू हेमा मालिनी, अमिताब बच्चन, आमिर खानलगायतका आर्यघाट पुगिसकेको समाचारहरु बाहिरिएका छन् ।

यसअघि पनि धर्मेन्दको निधनको समाचारहरु आएको र आएको थियो । तर त्यतिबेला उनी सकुशल अस्पतालबाट घर फर्केका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया