२०८२ भाद्र १७ | Sep 02, 2025

९० प्रतिशत सकियो ग्वार्कोको फ्लाई ओभर (हेरौ भिडियोमा)

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ११
|
51 views

ललितपुर । काठमाडौंको ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभरको करिव ९० प्रतिशत का सकिएको छ । फ्लाई ओभर अन्तर्गत ३५ मिटर स्पानको ४ लेन प्रिकास्ट ग्रिडर पुल, एप्रोच सडक, कालोपत्रे, र ट्राफिक लाइट जडान समेतको काम समावेश छ ।(हेरौ भिडियोमा)

यसैबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जेठ महिनाको अन्त्यसम्ममा र्मिाण सम्पन्न हुने बताएका छन् । आइतबार बिहान स्थल निरीक्षणमा पुगेका मन्त्री दाहालले निर्माण कार्यलाई तिव्रता दिन निर्देशन दिँदै प्राकृतिक विपद् जस्ता बाह्य अवरोध नआएमा जेठको अन्त्यभित्र सवारीसाधन सञ्चालनमा ल्याउनै पर्ने बताए ।
१७ करोड ६ लाख ८८ हजार रुपैयाँ लागतमा सुरु भएको फ्लाई ओभर २०८० फागुन ११ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । यो परियोजना आशिष समानान्तर रेलिगर जेभी काठमाडौंले निर्माण गरिरहेको हो । समयमै नसकिने देखिएपछि निर्माण म्याद थपिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement