काठमाडौंबाट उडेको टर्किश एयरलायन्सको विमानको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २१
|
408 views

ललितपुर - ललितपुर – काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किश एयरलायन्सको विमानको एउटा इन्जिनमा आगो लागेको छ ।

विमान उडेको केही समयमै समस्या देखिएपछि सुरुवाती रूपमा काठमाडौं फर्किन खोजिएको थियो । तर, केही समय काठमाडौंको आकाशमा फन्को मारेपछि, विमानलाई अन्ततः कोलकातामा अवतरणको अनुमति दिइयो ।

विमानस्थल स्रोतले जानकारी दिँदै भन्यो कि विमान विमानस्थलबाट उडेलगत्तै इन्जिनमा समस्या देखिएको थियो ।

 पात्रो/राशिफल  रेडियो YouTube