२०८२ फाल्गुन ६ | Feb 18, 2026

स्थानीय बजारमा सुन–चाँदीको मूल्य घट्यो, प्रतितोला सुन रु ३ लाख ३ हजार ५००

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १
|
1k views

ललितपुर – स्थानीय बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ । आज एक तोला सुनको मोल रु तीन लाख तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ५०० र एक तोला चाँदी रु पाँच हजार ३४० मा कारोबार भएको थियो । यस्तै, बुधबार सुन रु तीन लाख छ हजार ६०० र चाँदी रु पाँच हजार २९० कायम भएको थियो ।

गत मङ्गलबार प्रतितोला सुन रु तीन लाख पाँच हजार ५०० र चाँदी रु पाँच हजार २४० मा खरिदबिक्री भएको थियो भने सोमबार सुन रु तीन लाख चार हजार ६०० र चाँदी रु पाँच हजार २५० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा भने आज एक औँस सुन पाँच हजार ६५ अमेरिकी डलर र चाँदी ८४ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया