२०८२ फाल्गुन ६ | Feb 18, 2026

दुर्गा प्रसाईँ प्रकरणमा राप्रपाको हस्तक्षेप, गृहमन्त्रीसँग रिहाइको माग

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ५
|
102 views

ललितपुर –   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई रिहा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

राप्रपाका उपाध्यक्ष रोशन कार्की नेतृत्वको टोलीले आज गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरी प्रसाईँको रिहाइको माग गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

राप्रपाले प्रसाईँलाई बिना कारण पटक–पटक पक्राउ गरिएको दाबी गरेको छ। प्रसाईँलाई हिजो साँझ भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया