|
|
२०८२ चैत्र २०
1.6k views
कलाकार सागर लम्साल बले’माथि एक युवतीले जबर्जस्ती सम्बन्ध राखेको गम्भीर आरोप लगाएकी छन् । अमेरिकामा बस्दै आएकी ती युवतीले सामाजिक सञ्जालमार्फत एक वर्षअघि आफ्नै अपार्टमेन्टमा जबर्जस्ती भएको दाबी गरेकी छन् ।
उनका अनुसार विश्वास गरेका व्यक्तिबाटै यस्तो घटना भएको र आफूले मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेको अवस्थामा शोषणमा परेको उल्लेख गरेकी छन् ।
युवतीले घटना सार्वजनिक गर्दा परिवारमा असर पर्ने डरले लामो समय मौन बसेको बताएकी छन् ।
यस घटनाबारे सागर लम्सालसँग सम्पर्क गर्न खोज्दा प्रतिक्रिया प्राप्त हुन सकेको छैन। आरोपबारे आधिकारिक पुष्टि भइसकेको छैन र थप अनुसन्धान हुन बाँकी रहेको जनाइएको छ ।










फेसबुकबाट तपाईको प्रतिक्रिया