जनकपुरधाम । महिनामा विभिन्न दिवस मनाउने क्रममा विश्व जन्मदोष दिवस मनाइएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जानकी महिला जागरण समाजले संचालन गरिरहेको सशक्त वालिका परियोजना (GSS) ले प्रारम्भिक वाल विकास र संरक्षणको विषयमा काम गर्दै आएको छ ।
सबैला नगरपालिकाको वडा नं. ९,१०,११ र १३ तथा शहीदनगर नगरपालिकाको वडा नं. ७ मा यो कार्यक्रम संचालित छ । परियोजना लागु भएको सबै वडाको ३ वर्ष मुनिको बालबालिकाको अभिभावक र गभवती महिलाहरुलाई हाल ५२ समुहमा महिला स्वास्थ्य स्वयमसेविकाहरुमार्फत नेपाल सरकारको अभिभावक शिक्षाको सत्रहरु संचालन भैरहेको छ । अभिभावक शिक्षा सत्र संचालन गर्दा अभिभावकको परिभाषा,बालबालिकाको हुर्काइमा बुबाको भुमिका , गर्भ अवस्थाामा आमाको र बालवालिकाको हेरचाह,सुनौलो हजार दिन , सर्वागिण विकास, पोषिलो खाना जस्ता विषयहरुमा सत्रहरु संचालिन भैसकेका छन । यसै सन्दर्भमा विश्व जन्मदोष दिवास मनाई महिला स्वास्थ्य स्वयम सेविका मार्फत बेलैमा जन्मदोष सम्वन्धि समस्या आयमा काँ जाने के गर्ने भन्ने सल्लाह दिनको लागि आधारभुत ज्ञान र शिप दिइयको हो । फिजियोथेरापिस्ट कृष्ण कार्कि ले जन्मदोष कुन कुन किसिमका हुन्छन् र कस्तो उपचारकोलागि आवस्यक सल्लाह के दिने भन्नेबारेमा प्रस्तुतिकरण तथा सहजीकरण गर्नुभएको थियो ।
उक्त छलफलमा २४ जना स्वयमसेविकाहरु प्रारम्भिकक बालविकासको क्षेत्रमा काम गरिरहनुभएको ५ जना सहजकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सबैला नगरपालिकाको स्वस्थ्य संयोजक गुलेश्वर गडेरीले नगरपालिकाले ध्यान दिन नसकेका महत्वपुर्ण विषयमा सामmेदार संस्थाहरुले कार्यक्रममार्फत सहयोग गरेकोम धन्यवाद ज्ञापन गर्नु भएको थियो । जानकी महिला जागरण समाजका परियोजन संयोजके निकिता सिंहले यो मार्च महिनामा आयोडिन , विस्व मुख स्वास्थ्य दिवस र विश्व जन्मदोष दिवस मनाइको जानकारी दिनुभयो ।