२०८२ असार २६

ललितपुर । आज जेठ महिनाको अन्तिम कारोबार अर्थात् यो साताको अन्तिम कारोबारको दिन नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँ बढेको हो। आज सुनको मूल्य बढेसँगै रेकर्डस्तर नजिक पुगेको छ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो। अघिल्लो दिन अर्थात् बिहीबार १५ रुपैयाँ घटेको चाँदीको मूल्य, यस दिन पुनः १५ रुपैयाँ नै बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया