
ललितपुर । शाओमी नेपालले आफ्नो नयाँ प्रिमियम स्मार्टफोन ‘शाओमी १४टी’ को मूल्य घटाएको छ । लाइकासँगको सहकार्यमा विकास गरिएको उक्त स्मार्टफोन अब नेपाली बजारमा ५९ हजार ९९९ रुपैयाँमा उपलब्ध हुने भएको हो । यसअघि १२ जिबी ¥याम र ५१२ जिबी स्टोरेज क्षमताको शाओमी १४टी को मूल्य ६४ हजार ९९९ रुपैयाँ तोकिएको थियो । मूल्य घटाएपछि स्मार्टफोनप्रेमी नेपाली प्रयोगकर्ताका लागि यो फोन झनै आकर्षक र पहुँचयोग्य बन्ने शाओमीको दाबी छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मानस्वीले शाओमी १४टी नवप्रवर्तन र उत्कृष्ट प्रविधिको प्रतीक भएको बताएका छन् । उनका अनुसार लाइका ब्राण्डको क्यामेरा र एआई प्रविधिका कारण नेपाली बजारमा शाओमी १४टी लोकप्रिय बन्दै गएको छ । मूल्य कटौतीले उत्कृष्ट प्रविधिलाई सर्वसुलभ बनाउने कम्पनीको रणनीति हो ।
शाओमी १४टी मा ट्रिपल लाइका क्यामेरा प्रणाली छ, जसमा ५० मेगापिक्सेलको मुख्य, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड र ५० मेगापिक्सेलको टेलिफोटो लेन्स रहेको छ । यसमा ४ के भिडियो र प्रोफेशनल फोटो खिच्न सकिने क्षमता रहेको कम्पनीको दाबी छ ।स्मार्टफोनमा मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा चिप प्रयोग गरिएको छ, जसले शक्तिशाली ४ नानोमिटर प्रोसेसर, LPDDR5X र्याम र UFS ४.० स्टोरेजमार्फत उच्च प्रदर्शन प्रदान गर्छ ।
६.६७ इन्चको १.५ के रिजोल्युसनसहितको १४४ हर्जको एमोलेड डिस्प्ले, एचडिआर १०ं सपोर्ट, स्मार्ट फोटो मोड, एआई दृश्य पहिचानजस्ता सुविधा यसमा छन् । ५००० एमएएच क्षमताको ब्याट्री तथा ६७ वाटको हाइपरचार्ज फिचरसहित शाओमी १४टी आइपी ६८ प्रमाणित जलरध तथा धूलो प्रतिरोधी छ । यो स्मार्टफोन टाइटन ब्ल्याक, ग्रे र ब्लू तीन रङमा नेपालभरका शाओमी स्टोर तथा अधिकृत विक्रेतामार्फत खरिद गर्न सकिनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया