Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

युनुश अन्सारीलाई प्रहरीले गर्यो अदालतमा पेस, समपत्ति सुद्धिकरणमा बयान लिइने

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर । सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानमा रहेका युनुश अन्सारीलाई प्रहरीले अदालतमा पेस गरेको छ । उनलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलासमा बयानका लागि पेसी तोकिएको थियो । सोही अनुरुप आज उनलाई प्रहरीले अदालतमा पेस गरेको हो ।

यसअघि नक्कली भारतीय नोट प्रकरणमा अन्सारीले ६ वर्षको सजाय भुक्तान गरिसकेका छन् । जेलबाट छुटेलगत्तै पक्राउ परेमा युनुश अन्सारीलाई प्रहरीले आइतबार दालतमा पेस गरेको छ ।

युनुश अन्सारीलाई प्रहरीले २०७६ जेठ १० मा ७ करोड ७६ लाख नक्कली भारतीय रुपैयाँ सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलबाट पक्राउ गरेको थियो । त्यतिबेला उनीसहित अन्य ६ जनासमेत पक्राउ परेका थिए ।

२०७६ मा पक्राउ परेका अन्सारीले ६ वर्ष जेल सजाय भुक्तान गरी गत जेठ १० मा नख्खु कारागारबाट छुटेका थिए । छुटेलगत्तै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पुनः नियन्त्रणमा लिई सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान गरिरहेको थियो ।

त्यसैगरी केन्द्रीय अनुसन्धान ब्यूरोको प्रतिवेदनका आधारमा शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो ।

यसअघि नेशनल टेलिभिजनको अध्यक्ष पदमा रहँदा उनको खातामा रु. ११ करोड ६२ लाख रकम जम्मा भएको तथा ११ करोड ३७ लाख रुपैयाँ भुक्तानी भएको देखिएपछि अन्सारीमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान गरिएको थियो । यतिबेला उनीविरुद्ध ९ करोड ९ लाख रुपैयाँ बिगो मागदाबी र बढीमा १५ वर्षसम्म कैद सजायको माग गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया