२०८२ असार २३

ललितपुरं। नेपाल धितोपत्र बोर्डले हिमालयन बैंक लिमिटेडलाई एफपीओ निष्काशन गर्ने अनुमति दिएको छ । बोर्डले हिजो बैंकको ९२ लाख ५० हजार ४०६ कित्ता सेयरलाई प्रतिकित्ता १६९ रुपैयाँको दरले बिक्री गर्न अनुमति प्रदान गरेको हो ।
यो बिक्रीबाट बैंकलाई कुल १ अर्ब ५६ करोड ३३ लाख रुपैयाँ बराबरको रकम प्राप्त हुनेछ भने सेयर बिक्रीको जिम्मा सिटिजन्स क्यापिटल लिमिटेडले पाएको छ ।
हिमालयन बैंकले गत माघ २८ गते एफपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । बोर्डले असार ८ गते आवश्यक प्रतिक्रिया पठाएपछि सोही अनुसार बैंकले असार १६ गते यसको जवाफ पठाएको थियो । त्यसको ठीक पाँच दिन पछाडि अर्थात् असार २२ गते बोर्डले हिमालयन बै.कलाई एफपीओ निष्काशनको अनुमति प्रदान गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया