ललितपुर - ललितपुर। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरी कुलपतिलाई बुझाइएको छ । उपकुलपति छनोट सिफारिस समितिले टुंगो लगाएका तीन जनाको नाम विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको हो ।
हिजो (आइतबार) बसेको शिक्षा समितिको बैठकले तीनजनाको नाम टुंगो लगाएको थियो । सिफारिस गरिएका ती तीनजना को को हुन् भन्ने खुलाइएको छैन । स्रोतका अनुसार अब छिट्टै तीनजनामध्येबाट उपकुलपति नियुक्त गरिने छ ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सबैभन्दा पहिलो १२ जना प्रतिस्पर्धामा आएको र तीमध्ये तीन जनाको नाम छनोट गरिएको थियो । गते जेठ ६ गते त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सहकुलपति एवं शिक्षामन्त्री पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए । समितिले १२ जनामध्येबाट पाँच जना प्राध्यापकको छनोट गरेको थियो र पछि समितिको छलफल पश्चात् अहिले तीन जनाको नाम सिफासि भएको हो ।
यसअघि चैत १५ गते उपकुलपति केशरजङ्ग बरालले पदबाट राजीनामा दिएका थिए । त्यसपछि त्रिविमा नयाँ उपकुलपति नियुक्त हुन सकेको छैन भने हालसम्म प्राडा खड्ग केसी निमित्त उपकुलपतिको जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।
४ वर्षको कार्यका रहने भए पनि नियुक्त भएको १३ महिनामै उपकुलपति बरालले पदबाट राजीनामा दिएका थिए । उक्त राजीनामा लागि त्रिविका कुलपति केपी शर्मा ओलीले गत चैत २८ गते स्वीकृत गरेका थिए भने वैशाख २ गते शिक्षाध्यक्ष केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी सुम्पिएका थिए ।

बिजनेस पाटी