२०८२ भाद्र ७ | Aug 23, 2025

यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २३

ललितपुर । यसवर्षको छिन्नलता गीत पुरस्कार वरिष्ठ गीतकार राजेन्द्र रिजाललाई प्रदान गरिएको छ । गीत पुरस्कार गुठीद्वारा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले रिजाललाई सम्मानपत्र र रु एक लाखसहित उक्त पुरस्कार प्रदान गरे ।
यसैगरी रु एक लाख राशिको सङ्गीततर्फको छिन्नलता पुरस्कार आभास (अच्युतप्रसाद फुयाल) लाई र रु एक लाखकै गायनतर्फको पुरस्कार रामभक्त जोजिजु र इतु जोजिजुलाई संयुक्त रूपमा प्रदान गरियो ।
साथै रु ५० हजार राशिको युवा प्रतिभातर्फको छिन्नलता पुरस्कार  गायक एसडि योगीलाई प्रदान गरिएको छ ।
त्यस अवसरमा सभामुख घिमिरेले राष्ट्रिय भाव उत्पन्न गर्ने सृजनाहरु छिन्नलताको विशेषता भएको बताए ।  गीतकार राजेन्द्र रिजालले पुरस्कारबाट आफूलाई थप हौसला मिलेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया