२०८२ भाद्र ६ | Aug 22, 2025

गरिमा विकास बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २४

ललितपुर। गरिमा विकास बैंक लिमिटेडले असार २२ गते अर्थात् आइतबार हरिशयनी एकादशीको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशका विभिन्न ६ स्थानमा वृक्षारोपण गरेको छ । बैंकले धार्मिक र वातावरणीय दृष्टिकोणले विशेष महत्त्व बोक्ने वरपीपलका बिरुवाहरू रोपेको हो ।

कास्की जिल्लाको खोरपाथे डाँडा र तुलसीघाट, स्याङ्जा जिल्लाको गह्रौ कालिका मन्दिर परिसर, शितलटार पार्क चापाकोट र छायाक्षेत्र शिवमन्दिर परिसर तथा दाङ्ग जिल्लाको मोतिपुर पुल क्षेत्रमा वरपीपल रोपिएको हो । बैंकले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बैंकका अध्यक्ष, पूर्व अध्यक्ष, स्थानीय जनप्रतिनिधि, समाजसेवी, बैंकका कर्मचारी, शेयरधनी महानुभाव तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो ।

यस किसिमका कार्यले वातावरण संरक्षण, हरित विकासको प्रवद्र्धनका साथै धार्मिक सम्पदाको संरक्षणमा सहयोग पुग्ने तथा भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न महत्त्वपूर्ण योगदान पुग्ने विकास बैंकले विश्वास लिएको छ । वृक्षारोपण गरिएको क्षेत्रलाई आगामी दिनमा वरपीपल चौतारीका रूपमा विकास तथा संरक्षण गर्ने लक्ष्य समेत रहेको छ । यस विकास बैंकले दिगो विकास, वातावरणीय सन्तुलन र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यका साथ यस किसिमका कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया