२०८२ फाल्गुन ६ | Feb 18, 2026

बेपत्ता भएका प्रहरी सहायक निरीक्षकको शव चितवनमा भेटियो

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २४
|
153 views

भरतपुर रसुवाको बाढीमा बेपत्ता भएका एकजना प्रहरीको शव चितवनमा भेटिएको छ । भरतपुर महानगरपालिका–२९ पन्ध्र किलोस्थित त्रिशूली नदी किनारमा शव भेटिएको हो । बाढीमा बेपत्ता तीन प्रहरीमध्ये रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ घर भएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव आथज साँझ ६ः२० बजे त्रिशूली नदीमा तैरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो । उहाँको शवको एउटा खुट्टामा प्रहरीको बुट भेटिएको थियो । श्रेष्ठको पहिचान उहाँकी श्रीमतीले गर्नुभएको पुरीले बताउनुभयो । प्रहरीचौकी हाकु रसुवामा दरबन्दी रहेका उहाँ इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत हुनुहुन्थ्यो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया