
ललितपुर। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर दीपक अर्याल नियुक्त भएका छन् । त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा रहेको उपकुलपति सिफारिस समितिले असार २३ गते अर्यालसहित तीन जनाको नाम कुलपति समक्ष सिफारिस गरेको थियो । समितिले अर्यालसहित हालका निमित्त उपकुलपति प्राडा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्व डीन प्राडा विनिल अर्याल तथा जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख दिपक अर्यालको नाम सिफारिस गरेको थियो ।
गते चैत २८ गते उपकुलपति प्राडा केशरजङ्ग बरालले राजीनामा दिएपछि बढीमा तीन महिनाको लागि गत चैत ३१ गते त्रिविका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया