
ललितपुर । नेपाल टेलिकमले बिहिवारदेखि लागू हुने गरी ‘मनसुन अफर २०८२’ अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधा उपलब्ध गराएको छ ।
ग्राहक सेवामा समर्पित भन्ने नारालाई आत्मसात गर्दै विभिन्न माध्यमबाट प्राप्त भएका ग्राहकवर्गका प्रतिक्रिया र सुझावका साथै सेवाको प्रयोगशैलीलाई समेत मध्यनजर गर्दै कम्पनीले भोलि २६देखि लागु हुने गरी ल्याएको मनसुन अफर अन्तर्गत कम्पनीले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको रू. १९९ देखिका कम्बो प्याकेज उपलब्ध हुने जानकारी दिएको छ । यसअन्तर्गत रू. १९९ मा २०० मिनेट अल–नेट भ्वाइस र २ जीबी डेटासहितको ‘कम्बो १९९ प्याक’देखि रू. ४९९ सम्मको ५०० मिनेट अल–नेट भ्वाइस, ८ जीबी डेटा र १०० अल–नेट एसएमएससहितको ‘कम्बो ४९९ प्याक’ उपलब्ध गराउने छ ।
त्यस्तै प्रिपेड र पोस्टपेड जुनसुकै मोबाइल प्रयोगकर्ताका लागि सजिलो अनलिमिटेड प्याकअन्तर्गत रू. ६९९ मा अनलिमिटेड अल–नेट भ्वाइस, १५ जीबी डेटा र २०० अल–नेट एसएमएस सहितको सजिलो अनलिमिटेड ६९९ प्याक सञ्चालन हुनेछ । साथै सजिलो अनलिमिटेड ७९९, ९९९ र १४९९ प्याकमा ग्राहकका लागि सुविधा थप गरी उक्त प्याकलाई अझै आकर्षक बनाइने जनाएको छ । पोस्टपेडमा भने रू. ३७३ वा सोभन्दा बढी मूल्यको प्याकेज खरीद गर्दा मासिक रूपमा तिर्नुपर्ने रेन्टल चार्ज पनि प्याकेजमा नै समावेश हुने छ ।
यस अफर अन्तर्गत विभिन्न सुविधा सहितका भ्वाइस, डाटा तथा एसएमएस प्याकेज उपलब्ध गराइने छ भने विशेषगरी शारीरिक तथा मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुका लागि बोनस सहितका प्याकेजका साथै सजिलो अनलिमिटेड ६९९ र ७९९ प्याकेज ३०% छुटमा समेत उपलब्ध गराइने छ ।
ग्राहकले आफ्नो मोबाइलबाट १४१५ डायल गरेर वा नेपाल टेलिकम’एपको प्रयोग गरेर विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा खरिद गर्न सक्नेछन् ।यस अफर सम्बन्धमा विस्तृत जानकारी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत प्राप्त गर्न सकिनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया