
ललितपुर । मुलुकको अर्थतन्त्रको आकार एक वर्षमा ४ खर्बले बृद्धि भएको छ । अर्थ मन्त्रालयले आज (बिहीवार) सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्र ४ खर्बले बृद्धि भएको हो ।
अर्थमन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्षमा ५७ खर्ब रहेको मुलुकको अर्थतन्त्र आर्थिक वर्षमा बढेर ६१ खर्ब पुगेको छ । यस्तै राजस्व पनि एक वर्षको अवधिमा १ खर्ब ८ अर्बले बढेको छ भने पुजीँगत खर्चमा समेत गत वर्षको भन्दा ३६ अर्बले वृद्धि भएको छ ।
त्यसैगरी निजी क्षेत्रमा प्रवाहीत कर्जा ८.७ प्रतिशतले बढेको छ । गत वर्ष यस्तो कर्जा ५।६ प्रतिशतले मात्रै बढेको थियो । रेमिट्यान्शमा समेत १५।५ प्रतिशतले वृद्धि भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । गत वर्षको तुलनामा ७७।८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने आयात १३.१ प्रतिशतले वृद्धि भएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयको सर्वेक्षणलाई आधार मान्दै अर्थतन्त्रका १८ वटा क्षेत्रको सूचकहरु सकारात्मक रहेको अर्थमन्त्रालयले तथ्य प्रश्तुत गरेको छ । जसमा सकारात्मक सुचांकहरुमा यातायात, निर्माण,खानी, विद्युत तथा ग्यास, व्यापार,बैंक तथा बीमा,उद्योग,घर जग्गा,सूचना प्रविधि,कृषि तथा वन, प्रशासनिक सेवा,स्वास्थ्य सेवा,वैज्ञानिक सेवा, औद्योगिक उत्पादन,शिक्षा,आवास तथा भोजनजस्ता क्षेत्र रहेका छन् ।
अर्थकाअनुसार मुलुक भित्र लगानी मैत्री वातावरण बन्दै गएको छ । नीतिगत तथा कानूनी सुधारतर्फ ब्यापक प्रगती भएको छ । नीतिगत सुधारतर्फ आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० ऐन, २०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐेन २०८१,निजीकरण ९पहिलो संशोधन० ऐन, २०८१,भन्सार महसुल ऐन, २०८१, बैंकिङ कसुर तथा सजाय ऐन, २०८२,भन्सार ऐेन अघि बढाइएको अर्थमन्त्रालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया