
ललितपुर । तीजका गीतहरूको आलोचना, बन्देज, र बहिस्कार समेत भइरहेका बेला सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले मौलिक तीज गीतको प्रबद्र्धनका लागि नयाँ मौलिक प्रयोग गरेको छ ।
संस्थानले आफ्नै नयाँ स्टुडियोमा हाल सम्म सार्वजनिक भएका मौलिक तीज गीतहरू भन्दा अलिक पृथक् शैलीको गीतको रेकर्डिङ बिहीबार सम्पन्न गरेको हो ।
‘यो तीजमा फरक गीत गाउन मन लाग्यो’ बोलको गीतका शब्द प्रसिद्ध गीतकार लोकराज अधिकारीले लेखेका हुन् । विपिन घिमिरेले सङ्गीत गरेको गीतमा शिला विष्ट र राधिका भण्डारीको स्वर रहेको छ ।
गीतको सङ्गीत संयोजन प्रेम प्रकाश राम्जालीले गरेका हुन् । गीतको भिडियो नाचघरकै श्रव्य दृश्य महाशाखाको संयोजनमा पृथक् नै बन्ने नाचघरका महाप्रबन्धक किरणबाबु पुनले जनाकारी दिएका छन् । उक्त गीत सांस्कृतिक संस्थानको सम्पत्तिका रूपमा अभिलेखमा रहने छ । गीत रेकर्डिङ पछिको प्रतिक्रिया सहितको हेरौँ यो भिडियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया