
ललितपुर । गृहमन्त्री रमेश लेखकले गीतसंगीत र कला क्षेत्रमा हुने साइबर अपराध र विकृति रोक्न प्रहरीको साइबर ब्युरोमा ‘फोकल पर्सन’ तोकेर काम अघि बढाउन निर्देशन दिएका छन् ।
विहिबार दिउँसो मन्त्रालयमा पुगेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको डेलिगेसन टोली संगको छलफल पछि गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक दीपक थापा र साइबर ब्युरो प्रमुख तथा प्रहरी नायव महानिरिक्षक नबीन्द अर्याललाई फोकल पर्सन’ तोकेर काम अघि बढाउन निर्देशन दिएका हुन् ।
आजै राष्ट्रिय लोकसंचारकर्मी नेपालले बुझाएको ध्यानाकर्षण पत्र बुभ्mदै गृहमन्त्री रमेश लेखकले छाडा गीत गाउनमा रोक लगाइने आश्वासन दिएका छन् ।

उक्त संस्थाले तीज पर्वमा अश्लिल र अमर्यादित गीत आएको भन्दै छाडा गीतमा प्रतिबन्धका लागि माग गरेको थियो ।
यसैबीच राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले एक विज्ञप्ति जारी गरी धुर्ब पुन र चन्द्र कुमारी शाहीको स्वरमा रहेको ‘गाई कालो’ र राजकुमार वली, अस्मिता थापा र लक्ष्मी थापाको स्वरमा रहेको ‘सल्ला दमारमा’ लाई प्रतिबन्धका लागि माग छ ।
तीज पर्वलाई लक्ष्य गरी ल्याइएका दुई गीतलाई विकृति र अश्लीलता फैलाएको आरोप लगाउँदै यसमा प्रतिबन्ध लगाउन माग गरेको विज्ञप्तिमा उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया