२०८२ भाद्र ६ | Aug 22, 2025

काठमाडौं गोर्खाजले गर्यो मोन्टी देसाईलाई मुख्य प्रशिक्षकमा नियुक्त

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टोली काठमाडौं गोर्खाजले भारतका मोन्टी देसाईलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

काठमाडौंले बिहीबार सामाजिक सञ्जालमार्फत देसाईलाई एनपीएलको दोस्रो संस्करणका लागि टिमको प्रशिक्षण जिम्मेवारी दिएको जानकारी दिएको हो ।
काठमाडौंले अघिल्लो सिजन एनपीएलमा टिमको प्रशिक्षक वसन्त शाही थिए ।

देसाई यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक थिए । उनको प्रशिक्षणमा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ को गत सिजनमा शीर्ष चारमा स्थान बनाउँदै एकदिवसीय विश्वकप छनोट खेलेको थियो । त्यसैगरी, नेपालले १० वर्षपछि ट्वान्टी–२० विश्वकप छनोटमा स्थान बनाउँदा पनि देसाई नै प्रशिक्षक थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया