२०८२ भाद्र ६ | Aug 22, 2025

लघुवित्त वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने व्यवस्थालाई पुनरावलोकन गर्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २७

ललितपुर। आगामी दिनमा लघुवित्त वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने व्यवस्थालाई पुनरावलोकन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नरका डा।विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा नेपाल राष्ट्र बैंकका गभर्नरका डा. विश्वनाथ पौडेलले अब वित्तीय संस्थाहरुको १५ प्रतिशत लाभांश सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने बताएका हुन् ।

आज सार्वजनिक गरिएको मौद्रिक नीतिमा लघुवित्त वित्तीय संस्थाले हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा वोनस) वितरण गर्नेसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी वैदेशिक रोजगारीमा जाने युवाहरूलाई धितो लिई वा नलिई प्रवाह भएको ३ लाख रुपैयाँसम्मको कर्जालाई विपन्न वर्गको कर्जामा गणना गर्न सकिने व्यवस्था गरिने भएको छ । महिलाको हकमा यस्तो कर्जा बढीमा ५ लाख गरिने भएको छ ।

लघुवित्त वित्तीय संस्थाको कर्जा लक्षित वर्गसम्म पुग्ने सुनिश्चित गरी कर्जा सदुपयोग अभिवृद्धि गर्न लघुवित्तको लागि लक्षित वर्ग, ऋण प्राप्त गर्ने मापदण्ड र ऋणीको योग्यतासम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिनेछ ।

बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने विपन्न वर्ग र अन्य निर्देशित कर्जाहरूको सीमा व्यवस्थाको अध्ययन गरी पुनरावलोकन गरिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया