बलेफी हाईड्रोपावरको शेयर रजिष्ट्रार परिर्वतन

बिजनेस पाटी बिजनेस पाटी
|
२०८२ असार २७
|
204 views

ललितपुर - ललितपुर । बलेफी हाईड्रोपावर लिमिटेडले आफ्ना शेयर रजिष्ट्रार परिर्वतन गरेको छ। सञ्चालक समितिको निर्णयअनुसार कम्पनीले अबदेखि हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडलाई नयाँ शेयर रजिष्ट्रारका रूपमा नियुक्त गरेको हो ।

अबदेखि बलेफी हाईड्रोपावरको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, नामसारी, दाखिल–खारेज, रोक्का राख्ने, लगत अद्यावधिक गर्ने लगायत सम्पूर्ण शेयर रजिष्ट्रारसम्बन्धी कार्यहरू हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंमार्फत हुनेछ।

शुक्रबार दरबारमार्गस्थित कम्पनीको रजिष्ट्रर्ड कार्यालयमा आयोजित एक समारोहमा शेयर रजिष्ट्रार परिवर्तन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। यस अवसरमा कम्पनीका प्रतिनिधि र हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका अधिकारीबीच औपचारिक सम्झौता आदान–प्रदान गरिएको थियो।

कम्पनीले सम्पूर्ण शेयरधनी, हितग्राही खाता धारक तथा सरोकारवालाहरूलाई अबदेखि शेयरसम्बन्धी सबै प्रक्रियाका लागि नयाँ रजिष्ट्रारसँग सम्पर्क राख्न अनुरोध गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

 पात्रो/राशिफल VIDEO  रेडियो