|
|
२०८२ असार २९
255 views
ललितपुर। आजको प्रतिनिधिसभा बैठकबाट ७९ वटा ऐन संशोधन गर्ने विधेयक पारित हुँदैछ ।
आइतबार संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
संसद सचिवालयका अनुसार विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएपछि छलफल भएर पारितको प्रक्रियमा अगाडि बढ्नेछ ।
यो विधेयक २०८० वैशाख २६ गते मा प्रतिनिधिसभामा आएको थियो भने २०८२ वैशाख १६ मा प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गएको थियो । १७ त्यसपछि २०८२ असार १७ गते राष्ट्रियसभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाएको थियो ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया