२०८२ फाल्गुन ६ | Feb 18, 2026

पर्न थाले गीतविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी-गायक रामजी खाँण लोक सञ्चारकर्मीहरू प्रति असन्तुष्ट

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २९
|
459 views

ललितपुर ।  राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले सामाजिक सद्भाव भड्काएको भन्दै ३ गीतविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिए पछि ‘लुकी लुकी’ बोलको गीतका गायक रामजी खाँण लोक सञ्चारकर्मीहरू प्रति असन्तुष्ट बनेका छन् । उक्त गीतमा खाँण र गायिका शान्तिश्री परियारको स्वर रहेको छ । 

खाँणले उजुरीको समाचार शेयर गर्दै ‘लुकी लुकी’ गीत बजाउनु भन्दा बजाएर क्यासिनो जिन्दगी ख्यासियो बजाऊ सञ्चारकर्मीहरू भनेर एउटा पोष्ट गरेका छन् भने अर्को पोष्ट जनता जान्न चाहन्छन् कार्यक्रममा क्रषि धमलाले गायिका ज्योति मगर सँग लिएको अन्तर्वार्ताको भिडियो क्लिप शेयर गर्दै भनेका छन् लौ हेर सुन लोक सञ्चारकर्मीहरू राष्ट्रिय टेलिभिजन जस्तो सञ्चार माध्यमले त यी र यस्ता कुराहरू खुल्लम खुल्ला प्रसारण गर्छ त यो अश्लीलता हैन? कि तिमीहरूको आयु बढाउँछ तिमीहरूलाई कल्ले रोक्छ भनेर ? भनेर प्रश्न माथि प्रश्न गरेका छन् । 

राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले ध्रुव पुन र चन्द्रकुमारी शाहीको स्वरमा रहेको गीत ‘गाई कालो’, राजकुमार वली, अस्मिता थापा,लक्ष्मी थापाको स्वरमा रहेको ‘सल्ला दमारमा’, सहित ३ गीत विरुद्ध आइतबार अपराह्ने ब्युरोको कार्यालयमा पुगेर उजुरी दिएका थिए । लोक सञ्चारकर्मी नेपाल सँगसँगै राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालले पनि पाँच गीतको प्रतिबन्ध माग गर्दै ब्युरोमा उजुरी दिएको छ । यद्यपि लोक दोहोरी प्रतिष्ठान नेपालले पाँच गीतको नाम भने खुलाएको छैन ।

लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम सचिव कमल सरगम सहितका पदाधिकारी गएर विकृत र अश्लील गीतलाई नियन्त्रण गर्न माग गर्दै संस्थाको तर्फबाट उजुरी दिएका हुन् । शुक्रवार संस्थाले गृहमन्त्री रमेश लेखकलाई भेटेर यी गीतमा रोक लगाउन माग गर्दै ज्ञापन बुझाएको थियो ।

जवाफमा गृहमन्त्री लेखकले साइबर ब्युरोलाई कला क्षेत्रको साइबर अपराध हेर्ने गरी फोकल पर्सन तोक्न निर्देशन दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया