२०८२ भाद्र ७ | Aug 23, 2025

बन्दीपुर केवलकार एण्ड टुरिजमले आईपीओ निष्काशन गर्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ३०

ललितपुर । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । यही साउन ६ गतेदेखि कम्पनीले आईपीओ निष्काशन गर्ने लागेको हो। कम्पनीले प्रथम चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्दैछ ।

यसअघि नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०।७०६७ प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये प्रथम चरणमा ५ करोड ६६ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ६६ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

उक्त शेयर खरिदका लागि तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडाहरु, आँबुखैरेनी गाँउपालिकाका सबै वडाहरु, भानु नगरपालिका वडा नं. १ तथा गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं. ७ का स्थानीय बासिन्दाहरुले मात्र आवेदन दिन पाउनेछन् ।

कमपनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ५ करोड २९ लाख ४० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ५ लाख २९ हजार ४०० कित्ता साधारण शेयर भने नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकताम २० हजार कित्ताका सम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन २० गते हुनेछ भने ढिलोमा भदौ ४ गते हुनेछ। त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा साउन ९ गते र ढिलोमा साउन २० गते हुनेछ।

कम्पनीले सञ्चालन गरेको आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले कम्पनीको कार्यालय, तल्लो स्टेशन, बन्दीपुर गाँउपालिका वडा नं. ४, आँबुखैरेनी गाँउपालिकाको कार्यालय, भानु नगरपालिका वडा नं. १ को कार्यालय र पालुङ्गटार नगरपालिका वडा नं. ७ को कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाइन प्रणालीबाटआवेदन दिन सक्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया