२०८२ असार ३०

बेलायतको साउथेन्ड विमानस्थलमा रहेको एक विमानमा आगलागी भएको छ । आगलागी पश्चात् अर्को सूचना जारी नभएसम्म विमानस्थल पूर्णरुपमा बन्द गरिएको बीबीसीले जनाएको छ ।
साउथेन्ड–अन–सी क्षेत्रमा करिब १२ मिटर लामो विमानमा आगलागी भएको थियो । प्रहरीका अनुसार घटनामा अहिलेसम्म मानवीय क्षतिको भने पुष्टि भइसकेको छैन ।
विमानस्थल प्रशासनले अर्को सूचना नआउँदासम्म सबै उडान स्थगित गरिएको जनाएको छ । साथै यात्रुहरूलाई आफ्ना एअरलाइनसँग सम्पर्क गरेर जानकारी लिन आग्रह गरिएको छ । एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया