
ललितपुर। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यार्थीको प्रतिनिधित्वविनाको सिनेट मान्य नहुने भन्दै विरोध प्रदर्शन गरेको छ । त्रिभुवन विश्वविद्यालयको सिनेटमा विद्यार्थीको प्रतिनिधित्व विना सिनेट राखेको, शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने र विद्यालय शिक्षा विधेयकमा शिक्षकको नियुक्ति शत प्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राख्दै नेविसंघले सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेको हो ।
नेपाल विद्यार्थी संगठन (नेविसंघ) त्रिवि समितिले काठमाडौंको बल्खुस्थित खुला सडकबाट सडक अवरुद्ध पार्दै सुरु गरेको प्रदर्शन त्रिवि पुगेर सकिएको थियो । नेविसंघ त्रिवि सभापति विष्णु बडैलाले विद्यार्थीको प्रतिनिधित्वविनाको सिनेट मान्य नहुने बताएका छन् । ।
त्यसैगरी शिक्षा ऐनमा शिक्षकहरूको नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने र विद्यालय शिक्षा ऐन जारी गर्न ढिलाइ भइरहेको भन्दै तत्काल ऐन जारी गर्न माग राख्दै विरोध प्रदर्शन गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया