२०८२ असार ३०

ललितपुर । सत्तारुढ नेकपा (एमाले)कै सांसदले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पदबाट हटाउन माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद किरणकुमार साहले मन्त्री गुप्ता घुस डिलमा मुछिएको अडियो सार्वजनिक हुँदा सरकार किन मौन छ भनी प्रश्न गरेका हुन् । यस्तै नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले मन्त्रीको घुस डिलको अडियोबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरे ।
प्रतिनिधिसभा बैठकमा सांसद पौडेलले जनताले थाहा पाउने गरी जवाफ दिनुपर्ने बताए । संघीय प्रशासन तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कास्की मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख मागेको घुस मागेको भनिएको अडियो संवाद बाहिरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया