२०८२ भाद्र ६ | Aug 22, 2025

३७ प्रकारका औषधि चार अस्पतालबाट निःशुल्क रूपमा उपलब्ध हुने

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ३०


ललितपुर । सरकारले अब देखि भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र वीर अस्पतालमा क्यान्सर उपचारमा प्रयोग हुने ३७ प्रकारका औषधि निःशुल्क रूपमा उपलब्ध गराउने भएको छ ।


स्वास्थ्य मन्त्रालयको पहलमा वन हर्ट वल्र्डवाइड संस्थामार्फत नेपाल सरकारले ३७ प्रकारका औषधि सहयोग प्राप्त गर्ने निश्चित भएको छ । औषधि आउन केही समय लाग्ने र प्राप्त गरेपछि क्यान्सर उपचारमा संलग्न चार अस्पताललाई क्यान्सर रोगको औषधि उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


सरकारले क्यान्सरका बिरामीलाई एक लाख सम्मको निःशुल्क स्वास्थ्य उपचार गराउँदै आएको छ । त्यसमा थप निःशुल्क औषधि उपलब्ध गराउन लागिएको हो । मन्त्रालयका अनुसार निरन्तर पाँच वर्षसम्म स्तन, छाला, तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने औषधि उपलब्ध गराइने छ । यस्तो औषधि विपन्न नागरिकले मात्र निःशुल्क पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया