२०८२ आश्विन १६ | Oct 02, 2025

प्रि ओपन सेसन अपडेटः नेप्सेमा झिनो अंकको गिरावट

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ३१
|
51 views

ललितपुर । साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचकमा झिनो अंकको गिरावट आएको छ ।

सोमबार अर्थात् अघिल्लो कारोबार दिन ३५.०९ अंक घटेर २७२५.७१ विन्दुमा बन्द भएको नेप्से, मंगलबार भने सोही सेसनमा ०.०७ अंक घटेर २७२५.६३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०६ अंक घटेको छ।

आज प्रि ओपन सेसनमा ४४ स्टकको ७२ पटकको कारोबारमा ५२ करोड २१ लाख ३६ हजार ३६६ रुपैयाँबराबरको ५ लाख ३७ हजार २८१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

साताको पहिलो कारोबार आइतबार निकै आसाजनक स्थितिमा देखिएको नेप्से सोमबार भने निकै तल झरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया