|
|
२०८२ असार ३१
204 views
ललितपुर । बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेललाई प्रतिवेदन बुझाएको छ । सुझाव कार्यदलले हिजो (सोमबार) गर्भनरसमक्ष प्रतिवेदन बुझाएको हो ।
यसअघि बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्ने उद्देश्यले डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दहाल सदस्य एवम् नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सदस्य सचिव रहने गरी कार्यदल बनाइएको थियो ।
कार्यदलले गभर्नर पौडेलसमक्ष असार २४ गते प्रारम्भिक प्रतिवेदन बुझाएको थियो भने असार ३० गते अन्तिम प्रतिवेदन बुझाएको हो ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया