२०८२ भाद्र ६ | Aug 22, 2025

एमालेले बोलायो सचिवालय बैठक

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ३२

ललितपुर । नेकपा (एमाले) ले बिहीबारका लागि सचिवालय बैठक बोलाएको छ। बिहीबार दिउँसो १ बजे पार्टी मुख्यालयमा बस्ने गरी एमालेले सचिवालय बैठक बोलाएको हो।

साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीको सन्दर्भमा बैठक बोलाईएको प्रचार विभाग प्रमुख राजेन्द्र प्रसाद गौतमले जानकारी दिएका छन्।

एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा रहेको सनराईज हल विद्यान महाधिवेशन गर्ने भएको छ। विद्यान महाधिवेशनलाई लिएर अहिलेदेखि नै एमालेमा ध्रुवीकरण सुरु भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया