सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १
|
255 views

ललितपुर - ललितपुर । नयाँ आर्थिक वर्ष सुरुभएसँगै विहीबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आर्थिक वर्ष २०८२र०८३ को पहिलो दिन आर्थत् विहीबार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य रु ५ रुपैयाँ बढेको छ ।

जसअनुसार आज छापावाल सुनको मूल्य १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार सोही सुनको मूल्य तोलामा १ लाख ९२ हजार रुपैयाँ थियो ।

यसैगरी आज चाँदीको मूल्यमा पनि ५ रुपैयाँले वृद्धि भएको छ । बुधबार २ हजार २६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आजैदेखि २ प्रतिशत विलासिता कर पनि लागू भएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube