२०८२ भाद्र ६ | Aug 22, 2025

सानिमा बैंकको दराजसंग महाबचत बजार २०८२ योजनाका लागि सहकार्य

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १

ललितपुर । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग महाबचत बजार २०८२ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ ।  योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ । 

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् रु ५००/  सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् रु ७५०/  सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 
यो योजना २०८२ साउन २ देखि १५ गतेसम्म १४ दिनका लागि लागू हुने जनाएको छ ।

यसका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै गरिरहेको छ । 

छुटको विस्तृत विवरण बैंकको https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।  
सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया