
डालस, टेक्सस, अमेरिका। अमेरिका बस्ने बाग्लुङ्गबासी नेपालीहरूको संस्था बाग्लुङ्ग सेवा समाज २०२५-२०२७ को कार्यसमितिले कामको थालनी गरेको छ। गत मार्चमा अधिवेशन सम्पन्न भई गौरीराज शर्माको अध्यक्षतामा २४ सदस्यीय कार्यसमिति गठन गरिएको थियो। बाग्लुङ्ग सेवा समाज स्थापना २०१५ मा न्यु योर्कमा भएको थियो।
विगत १० वर्ष देखि नै विभिन्न सामाजिक गतिविधि, बाग्लुङ्गबासीहरुको सहयोगमा समर्पित बाग्लुङ्ग सेवा समाज मार्चको अधिवेशनबाट नयाँ कार्यसमिति निर्माण भए पछि आफ्नो सक्रियता बढाउँदै लागेको छ। त्यसको लागि गत महिना सम्पन्न समाजको दोस्रो बैठकले विभिन्न उपसमिति गठन गर्दै आफ्नो सक्रियताको क्षेत्र लाई बिस्तार गरेको छ। महासचिव खिबराज शर्माका अनुसार सल्लाहकार समितिमा १९ जना, अनररी काउन्सिलमा ३ जना, प्याट्रोन काउन्सिलमा ५ जना नियुक्त गरिएको छ। त्यस्तै कला तथा सांस्कृतिक, युवा तथा खेलकुद, सूचना तथा सञ्चार, सङ्गठन बिस्तार, सामाजिक सञ्जाल र वेबसाइट, स्वास्थ्य तथा जनचेतना उपसमिति गरी ६ वटा उपसमिति गठन गरिएको छ।
कुलप्रसाद शर्माको संयोजकत्वमा गठित सल्लाहकार समितिका सदस्यहरूमा डा हेमराज रेग्मी, सगर कँडेल, मुक्तिनाथ पन्त, नारायण काउचा मगर, निर थापा, धिरेन्द्र पराजुली, राजन ढकाल, अनुसुया वन्त श्रेष्ठ, प्रकाश श्रेष्ठ, किशोर कुमार राजभण्डारी, भीम कार्की, नरेन्द्र आचार्य, नारायण कँडेल, होमबहादुर थापा, रणबहादुर थापा, कल्याण श्रेष्ठ, मगर बज्राचार्य, पशुपति कँडेल र खिम भट्टराई हुनुहुन्छ। त्यस्तै अनररी काउन्सिलमा गङ्गा बहादुर जिसी, डा प्रेमप्रसाद शर्मा र केशव शर्मा रहनु भएको छ। त्यसै गरी प्याट्रोन काउन्सिलमा भुमिस्वर सापकोटा, सकस जिसी , डा गंगाधर आचार्य, मीन खड्का र विष्णु प्रसाद सुबेदी हुनुहुन्छ। त्यसै गरी कला तथा उपसमितिमा चमेली खाती परियार र निशा सुनार, युवा तथा खेलकुदमा भविन्द्र कुँवर, विकास जिसी र राजन कँडेल, सूचना तथा सञ्चारमा लेखनाथ गौतम, कृष् सुबेदी र हिरा भट्टराई, सङ्गठन विस्तारमा एकादेव शर्मा र मेघनाथ पौडेल, सामाजिक सञ्जाल तथा वेबसाइटमा कृष्ण जिसी, खिबराज शर्मा, कृष सुबेदी, विशाल न्युरे र घनश्याम शर्मा, स्वास्थ्य तथा जनचेतना उपसमितिमा शङ्कर पौडेल र राजेन्द्र कँडेल रहेका छन् ।
यी सबै समिति र उपसमिति गठन सहित बाग्लुङ्ग सेवा समाजले पूर्णता लिँदै आफ्नो काम शुरु गरेको छ। यस अघि नै बाग्लुङ्ग सेवा समाजले अमेरिकामा बस्ने बाग्लुङ्गबासीहरुको तथ्याङ्क सङ्कलन शुरु गरिसकेको छ। यो सँगै अमेरिका बासी बाग्लुङ्गबासीहरुलाई आफ्नो आफ्नो तर्फ बाट समाजको क्रियाकलापमा सक्रिय रहन सम्बद्ध सबैलाई नवनिर्मित कार्यसमितिले अनुरोध समेत गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया