२०८२ भाद्र ६ | Aug 22, 2025

आइएमई लाइफले पायो ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४’

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ४

ललितपुर । आइएमई लाइफले ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४’ जित्न सफल भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थ द्वारा आयोजित ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट’ अवार्ड वितरण समारोह २०२४ मा मेरिट अवार्ड जितेको छ ।

होटल र्याडिसनमा आयोजित सो समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का र वित्तविभाग प्रमुख जगत बहादुर बोहराले संयुक्त रूपमा उक्त अवार्ड ग्रहण गरेका थिए । यस अवार्ड हालसम्म दुईमात्र जीवन बीमा कम्पनीले प्राप्त गरेका छन सो मध्येआज एक समारोहकाबीच कम्पनीले उक्त उपाधि हात पार्न सफल भएको छ ।

यस अवार्डले कम्पनीले अपनाउँदै आएको पारदर्शिता, जवाफदेहीपन र संस्थागत सुशासनमा आधारित व्यवस्थापनको अभ्यासको कदर गरेको छ । कम्पनीले विगतदेखि नै सहभागितामुलक, समावेशी र उत्तरदायी कार्यसम्पादन गर्दै पारदर्शी सूचना सम्प्रेषण र वित्तीय अनुशासनमा विशेष ध्यान दिँदै आएको छ ।

यस उपलब्धिको लागि नियामनकरी निकाय, बीमित, सम्पूर्ण कर्मचारीप्रति कम्पनीले आभार व्यक्त गरेको छ । यस सम्मानले कम्पनीलाई अझ प्रभावकारी र जिम्मेवार जीबनबीमा कम्पनीको रूपमा अघि बढ्न प्रेरणा दिएको कम्पनीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया