२०८२ श्रावण ५

ललितपुर। घुसकाण्डको अडियो सार्वजनिक भएपछि सर्वत्र आलोचित भएका पूर्वमन्त्री राजकुमार गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ । आयोगका एक अधिकारीका अनुसार मन्त्री गुप्तालाई मंगलबारसम्म छलफलको लागि अख्तियार हाजिर हुन बोलाइएको भनिएको हो ।
अख्तियारले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट राजीनामा दिएका गुप्तालाई सोधपुछका लागि बोलाएको हो अन्य केही विषयका लागि भन्ने आधिकारिक पुष्टि भने भइनसकेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया