२०८२ भाद्र ६ | Aug 22, 2025

बन्दीपुर केबलकारको पहिलो चरणको आइपीओ बिक्रि आज बाट खुला

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ६


ललितपुर । बन्दीपुर केबलकार एन्ड टुरिजमले पहिलो चरणको आइपीओ आज देखि बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आइपीओ निष्कासन गर्ने भएको हो ।
धितोपत्र बोर्डले बन्दीपुर केबलकारलाई १०० रुपैयाँ अंकित दरका कुल ५८ लाख ६० हजार कित्ता शेयर निष्कासन गर्न अनुमति दिएको छ । स्थानीयले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

यसैगरी कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ५ लाख २९ हजार ४०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारी गर्नेछ। उनीहरुले न्यूनतम १० र अधिकतममा २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया