२०८२ भाद्र ६ | Aug 22, 2025

एनआइसी एशिया लघुवित्तको स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता अभियान

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ७

ललितपुर । एनआई सी एशिया लघुवित्तले गत सोमबार स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको बराह क्षेत्र शाखाको आयोजना तथा एन्जल फाउन्डेशनको प्राविधिक सहयोगमा बराहक्षेत्र–२, सुनसरीको आदर्श माविमा उक्त कार्यक्रम भएको थियो।

कार्यक्रममा ८८ जना सदस्यको उपस्तिथिति रहेको थियो । कार्यक्रममा शाखा प्रमुख मनोज राई, जन प्रतिनिधि दीपक राई, एन्जल फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत जय सिंह राजबंशीलगायतले हृदयघात, सर्पदंश, जलन, कुकुरको टोकाइ, पानीमा डुब्ने तथा करेन्ट लागेपछि गरिने प्राथमिक उपचारका सम्बन्धमा जानकारीमूलक प्रस्तुति दिएका थिए ।

त्यसैगरी पाइल्स, फिसर, फिस्टुला जस्ता रोगको रोकथाम तथा उपचारका विषयमा पनि जानकारी दिइएको थियो । साथै वित्तीय सचेतनाका विषयमा पनि कार्यक्रममा छलफल चलाइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया