
ललितपुर । सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आईपीओ निष्काशनका लागि सिटिजन्स क्यापिटलसँग सम्झौता गरेको छ ।सारथी केवल इन्डष्ट्रीज लिमिटेडले जारी पूँजीको २० प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आर्थिक वर्ष २०८२/०८३ भित्रै आईपीओ निष्काशन गर्ने तयारी गरिरहेको छ । यसका लागि सिटिजन्स क्यापिटलसँग सम्झौता गरिएको कम्पनीका अध्यक्ष अंकित भुसालले जानकारी दिएका छन् ।
सम्झौता पत्रमा सारथी केवल इन्डष्ट्रीजका तर्फबाट अध्यक्ष भुसाल र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सविर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । बिक्री प्रबन्धक नियुक्त गरिएपछि आईपीओ निष्काशनका लागि आवश्यक थप प्रक्रिया अब चाँडै अघि बढाउने भुसालले जनाएका छन् ।
उनका अनुसार आईपीओबाट संकलित रकम कम्पनीले नेपालमै पहिलोपटक ‘अण्डरग्राउण्ड केवल’ उत्पादन सुरु गर्नमा लगानी गर्नेछ । यसबाट नेपाललाई विद्युत सामग्रीको उत्पादनमा आत्मनिर्भर बनाउन थप मद्दत पुग्ने विश्वास लिइएको छ । साथै, अत्याधुनिक प्रविधि प्रयोग गरेर आल्मुनियम फर्नेन्स प्लान्टसमेत जडान गर्ने कम्पनीको लक्ष्य छ ।
भैरहवामा फ्याक्ट्री रहेको सारथी केवलले विगत १८ वर्षदेखि नेपालमै केवल तथा तार उत्पादन गर्दै आएको छ । कम्पनीले Multi-Strand Cable, Power Cable, Concentric Cable र ACSR Conductor उत्पादनमा विशेषज्ञता हासिल गरेको छ
फेसबुकबाट तपाईको प्रतिक्रिया