२०८२ श्रावण ८
459 views

ललितपुर । आज साताको अन्तिम कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंक बढेर बन्द भएको छ।
बुधबार अर्थात् अघिल्लो कारोबार दिन ५.१७ अंक बढेर २९७८.८८ विन्दुमा बन्द भएको नेप्से, विहीबार सोही सेसनमा ४ अंकले बढेर २९८२.८५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.३८ अंक बढेको छ।
आज प्रि ओपन सेसनमा ७५ स्टकको १४४ पटकको कारोबारमा २ करोड २५ लाख ६२ हजार ३३१ रुपैयाँ ८० पैसाबराबरको २८ हजार ८३१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४९ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
समग्रमा यो साताको शेयर बजारले थोरै आशा जगाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया