२०८२ श्रावण ८

ललितपुर। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं स्थित ई–स्पोट नेपालबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ई–स्पोट नेपालको सम्पूर्ण आउटलेटमा ५ प्रतिशत इभी चार्जिङ्ग र ५ प्रतिशत फुडमा गरी १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया